‘समाजवादी मोर्चा सत्तालाई टिकाउनका लागि मात्रै नहोस्’ (भिडिओ) – Nepal Press

‘समाजवादी मोर्चा सत्तालाई टिकाउनका लागि मात्रै नहोस्’ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा सिंगो वामपन्थीहरूलाई एकताबद्ध गर्ने पहिलो पाइला भएको बताएका छन् ।

समाजवादी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै सबै देशभक्त र क्रान्तिकारीहरुलाई एकताबद्ध नगरेसम्म नयाँ विकल्प निर्माण हुन नसक्ने बताए ।

उनले भने, ‘म चारै दलका नेताहरूलाई आग्रह गर्न चाहन्छु यो मोर्चा खाली सत्तालाई टिकाउने मोर्चा मात्रै नबनोस् । यो मोर्चा साँचो अर्थमा आमुल परिवर्तन गर्दै सबै वामपन्थीहरुलाई एकताबद्ध गर्ने मोर्चा बनोस् ।’

उनले यो मोर्चालाई अझै विस्तार गर्नुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “‘समाजवादी मोर्चा सत्तालाई टिकाउनका लागि मात्रै नहोस्’ (भिडिओ)

  1. प्रचण्डका पुच्छरहरूको के भाउ छ र ? गुन्द्रुकको दाममा बिकिरहेका छन् भनौं भने पनि आजकल यिनीहरूभन्दा त गुन्द्रुककै मोल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर