प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव सम्पन्न  – Nepal Press

प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव सम्पन्न 

रुपन्देही । नेपालमा पहिलो पटक दाङको घोराहीमा असार १ गतेदेखि सुरु भएको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिका तथा किशोरकिशोरीहरुलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिकाको मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको महोत्सव गरेको हो । असार १ गतेदेखि सुरु भएको महोत्सव तीनदिनसम्म चलेको थियो ।

महोत्सवमा बालबालिकासम्बन्धी बनेका तथा ऐतिहासिक नेपाली फिल्महरु प्रदर्शन गरिएको थियो । बालबालिकासम्बन्धी बनेका ‘ऐना झ्यालको पुतली, टिचर, छाया र एतिहासिक फिल्म आमा, कुमारी र ‘के घर के डेरा’ प्रदर्शन गरिएको हो । महोत्सवमा बालबालिका र फिल्मसम्बन्धी पुस्तक तथा फोटो प्रदर्शनमा राखिएका थिए । महोत्सवमा करिब तीन हजार बढी बालबालिका सहभागी भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए ।

महोत्सवको नायक एवं बोर्डका अध्यक्ष भुवन केसीले बालबालिकासँग अन्तरक्रिया पनि गरे । बालबालिकासँग भुवन केसी नाम उक्त अन्तरक्रियामा नायक केसीले आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे कुराकानी गरे । बोर्डका अध्यक्ष समेत रहेका नायक केसीले बालबालिकासँग फिल्म क्षेत्र प्रति उनीहरुको बुझाई, सिकाईकाबारे पनि संवाद गरे । बालबालिकाले नायक केसीसँग सिनेमा क्षेत्रसँग सम्बन्धी आफ्नो जिज्ञशाहरु राखे । जसमा नायक केसीले बालबालिकाको जिज्ञाशा मेट्दै बालबालिकलाई आफ्नो रुचीको क्षेत्र काम गर्न हौसला दिए ।

चलचित्र विकास बोर्डको आयोजनामा भएको महोत्सव आइतबार समापन भएको हो । समापन कार्यक्रममा बोल्दै पूर्वसभामुख तथा माओवादीका नेता कृष्णबहादुर महराले महोत्सवले बालबालिका तथा किशोरकिशोरीमा चलचित्र सम्बन्धी साक्षरता बढाउन भूमिका खेल्ने बताउँदै यसले बालबालिकामा फिल्म क्षेत्रप्रति अभिरुची बढाउने भूमिका खेल्ने बताए ।

चलचित्रकर्मीलाई सम्मान

लामो समयदेखि चलचित्र क्षेत्र तथा कला संस्कृतिको प्रवद्धनमा भुमिका खेल्ने पुर्‍याउने व्यक्तित्वलाई बोर्डले सम्मान गरेको छ । सम्मानित हुनेमा खड्ग बुढाथोकी, महेन्द्र बुढाथोकी, कमल गाउँले, चन्द्रप्रकाश चौधरी, जुनु मगर, छविलाल कोपिला, शक्तिराम डाँगी रहेका छन् । साथै दाङमा २०४३ सालमा राप्ती चलचित्र मन्दिर स्थापना गरेका स्व. गिरीराज पन्तलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

फिल्म प्रदर्शनी

महोत्सवमा फिल्महरु प्रदर्शनी गरिएको थियो । बालबालिका सम्बन्धी बनेका तथा एतिहासिक चलचित्रहरु प्रर्दशनी गरिएको हो । महोत्सवमा ‘ऐना झ्यालको पुतली, टिचर, छाया, एतिहासिक चलचित्र आमा, कुमारी र के घर के डेरा पर्दशन गरिएको हो । महोत्सवमा करिब तीन हजार बढी बालबालिकाले सहभागी भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए । महोत्सवमा बालबालिका र फिल्म सम्बन्धी पुस्तक तथा फोटो प्रदर्शनी समेत राखिएका थिए । महोत्सवमा स्थानीय कला सस्कृति झल्काउने सास्कृतिक प्रस्तुति देखाइएको थियो । महोत्सवमा करिब तीन हजार बढी बालबालिकाले सहभागी भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *