संघीयता बलियो पार्न वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी छ : पदम गिरी (भिडिओ) – Nepal Press

संघीयता बलियो पार्न वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी छ : पदम गिरी (भिडिओ)

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी रहेको बताएका छन् ।

आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले वडाले पनि विनियोजन गर्न नसुहाउने खालको बजेट केन्द्रीय सकरकारले विनियोजन गरेको आरोप लगाए ।

उनले बजेट प्रतिफल आउने ठाउँमा हुन नसकेको बताए । उनले सरकारले बनाएका नीतिमा सरकार इमान्दारिताका साथ खरो रुपले उत्रिनसके मात्रै संघीयता बलियो बन्ने बताए ।

‘वडाले पनि विनियोजन गर्न नसुहाउने खालको कार्यविधि केन्द्रिय सकरकारले विनियोजन गरेको छ । अहिलेको पुँजीगत खर्च जुन छ, साढे ३ खर्ब अराउण्डको । हामी त्यो भन्दा ठूलो आकारको वैदेशिक, आन्तरिक ऋण लिएर हामीले त्यो खर्च गर्दैछौँ’, उनले भने, ‘हाम्रो नियमित खर्च हाम्रो राजश्व परिचालनबाट धान्नसक्ने अवस्था छैन । यस्तो परिस्थितिमा हामीले वैदेशिक ऋण, आन्तरिक ऋण उठाएर पूँजीगत खर्च गर्दैछौँ । खर्च प्रतिफल दिने ठाउँमा भएको छैन । हामीले ऋण काढेर घिउ खाने खालको कार्यक्रम बनाएका छौँ । हामीले यसबाट समृद्धिको एक पाइला पनि अघि बढाउन सक्दैनौँ । हामीले संघीयतालाई कार्यान्वयन गर्ने हो भने सबैभन्दा पहिला वित्तीय संघीयतामा हामी प्रतिवद्ध हुनुपर्छ । हामीले बनाएका नीतिमा सरकार इमानदारिताका साथ खरो रुपले उत्रिन सक्नुपर्छ ।’

प्रमुख सचेतक गिरीले वैदेशिक ऋण, आन्तरिक ऋण उठाएर पूँजीगत खर्च गरेपनि प्रतिफल आउने ठाउँमा लगानी हुन नसकेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर