नक्कली शरणार्थी प्रकरण- थुनछेक आदेशअघि अदालत आसपास सुरक्षाकर्मी तैनाथ (तस्बिरहरु) – Nepal Press

नक्कली शरणार्थी प्रकरण- थुनछेक आदेशअघि अदालत आसपास सुरक्षाकर्मी तैनाथ (तस्बिरहरु)

काठमाडौं । नक्कली शरणार्थी प्रकरणको थुनछेक बहस सकिएको छ । सो प्रकरणमा ५ जना सरकारी वकिल र जाहेरतर्फकासमेत गरी ७ जनाले जवाफी बहस गरेका छन् ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सकिएसँगै आजै थुनछेक आदेशको तयारी छ । न्यायाधीशले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा रिहा गर्ने आदेश गर्नेछन् ।

आजै थुनछेक आदेश आउन सक्ने भएकाले अदालतमा सुरक्षा बढाइएको छ । बाक्लो मात्रमा सुरक्षाकर्मी खटाइएको छ भने जिल्ला अदालतमा सुरक्षा व्यवस्था कडाइ गरेको छ । अहिले अगाडिको मेन गेट बन्द गरिएको छ भने काम भएको लागि चेकजाँच गरेर भित्र छिराउँदैछन् अरु लाई बहिर निकालिएको छ ।

यो प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा। ईन्द्रजीत राईलगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

    

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर