अपरेसन थिएटरमा लगेको ४ दिनपछि पूर्वगाविस अध्यक्ष मृत घोषित – Nepal Press

अपरेसन थिएटरमा लगेको ४ दिनपछि पूर्वगाविस अध्यक्ष मृत घोषित

सुरक्षा माग्दै नेपाल मेडिकल कलेजका डाक्टर उल्टै आन्दोलित

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ माकलबारीका ७१ वर्षीय सुर्वण धिताल शुक्रबार नेपाल मेडिकल कजेल अत्तरखेलमा पेट दुख्यो भनेर जचाउन गए । जाँच गर्नेक्रममा उनको पित्तथैलीमा पत्थरी देखियो ।

डाक्टरले सामान्य शल्यक्रिया गरेर पत्थरी निकाल्छौं भनेर भनेपछि उनी शनिबार घरबाट पाँच मिनेटको बाटो हिँडेर अस्पताल पुगे । लेजर सर्जरी (दूरबीन) बाट पत्थरी निकाल्न डेढ घण्टा लाग्छ भनिएको थियो । सोही अनुसार सामान्य पत्थरी निकाल्न अप्रेशन थिएटर पुगेका धितालको चारदिनपछि बुधबार साँझ मृत्यु भयो । उनी सिन्धुपाल्चोक साविक थाङ्गपालधाप गाविसका पूर्वअध्यक्ष हुन् ।

दूरविनद्वारा गर्ने साधारण डेढ घण्टाको शल्यक्रिया हो, ठीक हुन्छ भनेर आश्वासन दिएर थिएटर लगेको बिरामीलाई केही क्षणमै अनायासै डाक्टरले रगत ल्याउन भने । त्यतिमात्र होइन अन्य औषधिहरू मागाएका थिए ।

पछि बुझ्दा दूरविनबाट शल्यक्रिया गर्दा कलेजोको नसाहरू काटिन गई उच्च रक्तस्राव भएपछि फेरि ओपन शल्यक्रिया गरेपछि शरीरमा रगतको मात्रामा कमी भई अचेत अवस्थामा पुगेपछि रगत खोज्न परिवारलाई भनिएको मृतकका भतिज राजन धितालको दाबी छ । यो मृत्युको दोषी अस्पतालको चरम लापरबाहीको कारण भएको मृतकका भतिज धितालले बताए ।

रगत चढाउँदासमेत स्वास्थ्यमा सुधार नआएपछि उनलाई चारदिनसम्म भेन्टिलेटरमा राखिएको थियो । उनको उपचारको क्रममा बुधबार मृत्यु भएको अस्पतालले परिवारलाई जानकारी दिएको छ । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु हुने अवस्थामा पुगेको भन्दै मृतकका आफन्तले मंगलबार अस्पतालमा प्रदर्शन गरेका थिए ।

बिरामीको अवस्थाबारे जानकारी दिन सोमबार धर्ना बस्दा समेत अस्पतालले कुनै प्रतिक्रिया नदिएपछि मंगलबार अस्पताल परिसरमा प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा अस्पताल तोडफोड गरी डाक्टरहरुमाथि दुर्व्यवहार गर्ने गरेको भन्दै अस्पताल प्रशासनले डाक्टरको सुरक्षा नभएसम्म इमरजेन्सीबाहेकको सबै ओपीडी सेवा बन्द गरेको छ ।

साथै डाक्टरहरु आफनो ज्यानको सुरक्षाको माग गर्दै धर्नामा बसेका छन् । नेपाल मेडिकल कलेज जोरपाटीले एक विज्ञप्ति जारी गर्दै अप्रेशनको क्रममा अत्याधिक रक्तश्रावको कारण मृत्यु भएको बताएको छ ।

नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गरेर उपचारत विरामीको गम्भीर्यतालाई नबुझी अस्वाभाविक रूपमा उत्तेजनामा आई अस्पतालमा तोडफोड गर्ने, अस्पतालको शान्तिपूर्ण वातावरणलाई खलल पुयाई बिरामीहरूको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलगायतलाई मानसिक तनाव सिर्जना गरिनु गैरमानवीय कार्यभएको उल्लेख गरेको छ ।


प्रतिक्रिया

One thought on “अपरेसन थिएटरमा लगेको ४ दिनपछि पूर्वगाविस अध्यक्ष मृत घोषित

  1. Doctor ra hospital ko charam laparbahi hunx Nepal ma. ICU, picu, ma marako las Mathi Pani vantelor chalara paisa kamauna dhanda chalako xa , sikaru haru lai operation garna dina Chalan xa. Manxa ko jyan lin doctor lai kanun anusar hadai samma ko karbahi hunu parxa.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर