‘जय हो’ को फर्स्ट लुक सार्वजनिक – Nepal Press

‘जय हो’ को फर्स्ट लुक सार्वजनिक

काठमाडौं । आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा जय हो को फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रचार प्रसारको सुरुवात गरिएको छ ।

निर्माण टिमले बिहीबार सिनेमाका दुई पोस्टर सार्वजनिक गर्दै प्रचार प्रसारको काम सुरु भएको जानकारी दिएको हो । सार्वजनिक दुई पोस्टरमा सिनेमाका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् ।

सिनेमाका सार्वजनिक दुई पोस्टर मध्ये पहिलो पोस्टरमा केही व्यक्तिहरु घोडामा आइरहेका छन्, भने उनीहरूलाई रोक्न सिनेमाका मुख्य पात्रले तिर चलाइरहेको देख्न सकिन्छ ।

यस्तै, अर्को पोस्टरमा अभिनेता माओत्से गुरुङ र निशा अधिकारीलाई मुस्ताङको लोकल गुरुङ पहिरनमा छन्, भने सलोन लामो कपाल र जुंगा फरक देखिएका छन् ।

अभिनेत्री केकी अधिकारी नाकमा बुलाकीसहित देखिदा अभिनेता अर्पण थापालाई नाकबाट रगत बग्दै गरेको घाइते अवस्थामा देख्न सकिन्छ । सिनेमाका सार्वजनिक दुई पोस्टरले दर्शकमाझ सिनेमाप्रति कौतुहलता पैदा गर्ने देखिन्छ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । राज के अधिकारी र सुरज सरकारको लगानी रहेको सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।

सौरभ लामाको डिओपी, शम्भुजित बास्कोटा र सागर आलेको संगीत, बनिश शाहको सम्पादन, सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रेनिस फागोको कलर, समीर मियाँको भिएफएक्स, सुवाष काफ्ले प्रोडक्सन हेड, केवलमान सिंह बस्नेत प्रोडक्सन म्यानेजर र समिर खान प्रोडक्सन डिजाइनर रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्त प्रकाश अधिकारी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *