‘द भ्वाईस अफ नेपाल सिजन ४’ विजेता करण राईको स्वरमा ‘सिमाना’ सार्वजनिक (भिडिओ) – Nepal Press

‘द भ्वाईस अफ नेपाल सिजन ४’ विजेता करण राईको स्वरमा ‘सिमाना’ सार्वजनिक (भिडिओ)

काठमाडौं । लेखक तथा गीतकार लिला सेलिङ् माबोको शब्दमा ‘सिमाना’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

‘द भ्वाईस अफ नेपाल सिजन ४’का विजेता गायक करण राईको स्वरमा सार्वजनिक भएको गीतमा देबेश राईले संगीत तथा एरेञ्ज रहेको छ । गीतकार लिला र श्रीप्रसाद माबो निर्माता रहेको गीतलाई करण राई युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

निर्देशक शान थापाले निर्देशन गरेको भिडिओमा स्वंयम गायक करणको साथमा भ्वाईस अफ नेपालबाटै चर्चामा आएकी गायिका नितु पुनको अभिनय देख्न सकिन्छ ।

‘भ्वाईस अफ नेपाल ४’ को स्टेजमा चर्चित बनेको जोडी करण र नितुको क्यामेस्ट्री जमेको छ । एक प्रेमिल जोडीको कथा प्रस्तुत गरिएको भिडियोमा करण र नितुले तारिफयोग्य काम गरेका छन् ।

गीतकार लिला सेलिङ् ‘सिमाना’ बाट निकै आसावादी रहेकी छिन् । आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही पुस्तकहरुपनि बजारमा ल्याईसकेकी छन् ।

उनले लाहुरेनी पीडा, ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’संगै सुब्बा सुभाङी र निशानबारे खोजमुलक लेखहरु लेखेकी छिन् । सामाजिक काममा समेत अग्रसर लिलाले विभिन्न पुरस्कारहरु समेत पाएकी छिन् ।

भिडिओ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *