आफ्नै गीतमाथि ‘कपिराइट क्लेम’ आएपछि युट्युटवबाट लुकाउन बाध्य भए आशिष अविरल – Nepal Press

आफ्नै गीतमाथि ‘कपिराइट क्लेम’ आएपछि युट्युटवबाट लुकाउन बाध्य भए आशिष अविरल

काठमाडों । आफ्नो सिर्जनामाथि अन्यले ‘कपिराटट क्लेम’ गर्दा संगीतकार आशिष अविरल मर्कामा परेका छन् । युट्यूवमा गीत अपलोड गरेको केही घन्टामै लुकाउन उनी बाध्य भए ।

आफ्नै संगीतमा अविरलले सुशीला पाठकसँग गाएको गीत ‘ओ हो नि..’ बोलको गीत उनले हिजो मात्रै युट्युवमा अपलोड गरेका थिए । तर, आफैंले डिस्ट्रिब्यूसनका लागि दिएको एउटा अडियो प्लेटफर्मबाट कपिराइट क्लेम आएको उनले बताए । कपिराइट क्लेम हुनासाथ गीतको भ्यूजमा सुस्तता आएपछि प्राइभेट गरेको उनको भनाइ छ ।

‘गीत युट्यूवमा हाल्नुभन्दा केही दिन अगाडि अम्युज नामक कम्पनीलाई अडियो डिस्ट्रिब्यूसनका लागि दिएको थिएँ । उसले सो गीत हाल्दा बकाइदा मेरो युट्यूव च्यानलको लिंक त्यसमा राखिएको छ । तर, त्यही कम्पनीबाट युट्यूवमा कपिराइट क्लेम भएको नोटिस आयो,’ अविरलले सुनाए ।

आफ्नो गीतलाई टिकटकलगायतका प्लेटफर्महरुमा प्रवद्र्धन गर्नका लागि अडियो डिस्ट्रिव्युसन गर्ने प्रचलन छ । तर, यसो गर्दा अविरल जस्तै थुप्रै संगीतकर्मीहरूले समस्या भोगिरहेका छन् । अविरल स्वयम्‌ले यसअघि ‘छुनुमुनु…’ बोलको गीतमा यस्तै समस्या भोगेका थिए । उक्त गीतमा पनि कपिराइट क्लेम आएपछि एक्कासी भ्यूज घटेको उनले बताए ।

कपिराइट क्लेमविरुद्ध डिस्पुट गरेर नयाँ गीतलाई फेरि अपलोड गर्ने योजनामा छन् अविरल ।

उनले भने, ‘अहिले अपलोड गरेकोलाई अब पूरै हटाइदिन्छु, समस्या समाधान भएपछि फेरि नयाँ अपलोड गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *