निष्पक्ष छानबिन र कारबाहीको मागसहित गठबन्धनका विद्यार्थीको खबरदारी (तस्बिहरहरु) – Nepal Press
नक्कली शरणार्थी प्रकरण

निष्पक्ष छानबिन र कारबाहीको मागसहित गठबन्धनका विद्यार्थीको खबरदारी (तस्बिहरहरु)

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै संयुक्त विद्यार्थी संगठनले माग गरेका छन् ।

शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन र कारबाहीको मागसहित गठबन्धनका विद्यार्थीको खबरदारी गठबन्धनमा अवद्ध विद्यार्थी संगठनहरूले खबरदारी सभा गरेका हुन् ।

उनीहरूले शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार रहेकोतर्फ पनि सरकारका ध्यानाकर्षण गराए ।

उनीहरूले रायमाझी लक्षित ब्यानर पनि बकेका थिए ।

‘म पनि बिरामी छु, भूमिगत अस्पताल कहाँ छ ?’ जस्ता प्लेकार्ड प्रदर्शनमा सहभागीहरूले बोकेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर