पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ – Nepal Press

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

काठमाडाैं । पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका खाण आज विहान निवासबाट नै पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका थिए ।

दुई दिनअघि खाणलाई बोलाएको बेला हाजिर हुने शर्तमा प्रारम्भिक बयान लिएर कागज गरी छाडिएको थियो ।

यो पनि पढ्नुहाेस् : नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री खाँण तानिए, यस्तो रहेछ लेनदेन कनेक्सन

खाडसँगै उनका स्वकिय सचिव नरेन्द्र केसी पनि प्रहरी नियन्त्रणमा छन् ।

यसअघि यहि प्रकरणमा सचिव टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परिसकेका छन् ।

एमाले सचिव रायमाझी फरार रहेका छन् ।

शरणार्थी प्रकरणमा खाँणको संलग्नताबारे नेपाल प्रेसले पहिलोपटक खुलासा गरेको थियो ।

गृहसचिवको जिम्म्मेवारीमा रहेका सचिव सिंह तत्कालिन गृहमन्त्री बालकृष्ण खाणले ८ महिना अघि कोशी प्रदेश प्रमुख सचिवबाट एकै पटक सरुवा गरेर गृह सचिवको जिम्मेवारी दिएका थिए ।

२०७९ असारमा सहसचिवबाट सचिवमा बढुवा भएपछि सिंहको गृह मन्त्रालय दोस्रो निकाय हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर