प्रेम सुवालको व्यंग्य- दाहालजी, ओलीजी र देउवाजीको मिटिङ फिल्म देखाउनका लागि हो ? (भिडिओ) – Nepal Press

प्रेम सुवालको व्यंग्य- दाहालजी, ओलीजी र देउवाजीको मिटिङ फिल्म देखाउनका लागि हो ? (भिडिओ)

काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्रीले कहिले फिल्म देखाउने ? भन्दै व्यंग्य गरेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा केही शीर्ष नेताको नाम मुछिएपछि प्रधानमन्त्री प्रचण्डले यो ट्रेलरमात्र भएको भन्दै फिल्म देखाउन बाँकी रहेको बताएका थिए ।

प्रधानमन्त्रीको त्यही अभिव्यक्तिलाई व्यंग्य गर्दै उनले भने, ‘प्रधानमन्त्रीजीले फिल्म देखाउने भन्नुभएको थियो । अहिले दाहालजी, ओलीजी र देउवाजीको मिटिङ भइरहेको छ । त्यो फिल्म देखाउनकै लागि हो कि ?’

उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अर्बौँ ठगी गर्ने को-को हुन् ? भन्दै सरकारसँग जवाफ मागे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *