नर्भिक आईभीएफको चमत्कार, ५२ वर्षीयाले जन्माइन् जुम्ल्याहा सन्तान – Nepal Press

नर्भिक आईभीएफको चमत्कार, ५२ वर्षीयाले जन्माइन् जुम्ल्याहा सन्तान

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको आईभीएफ प्रविधिमार्फत ५२ वर्षीया महिलाले एकसाथ दुई सन्तानलाई जन्म दिएकी छन् ।

महिनावारी सुकेको ५ वर्षपछि काठमाडौंकी एक महिला आईभीएफ प्रविधिबाट जुम्ल्याहा सन्तान जन्माउन सफल भएको अस्पतालले जनाएको छ ।

शल्यक्रियामार्फत जन्मिएका दुवै सन्तान र आमाको अवस्था राम्रो रहेको नर्भिककी वरिष्ठ टेष्टट्युब बेबी विशेषज्ञ डा. नूतन शर्माले बताइन् ।

‘महिलाको महिनावारीसमेत सुकिसकेको र पाठेघरमा समेत मासु पलाएको थियो, जसको दुरबिनबाट गरिने शल्यक्रियामार्फत पाठेघरको मासु झिकेर आईभीएफ प्रविधिबाट उपचार गरिएको हो’, उनले भनिन् ।

नेपालमा सन्तान जन्माउन ३० वर्षको उमेर समूहलाई उत्तम मानिन्छ । तर पनि विभिन्न कारण बढी उमेर समूह भएका महिलाले सन्तानको रहर गरे उमेरलाई मात्र बाधक मान्न नसकिने अस्पतालले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *