बारा २ मा उपेन्द्र यादवलाई हर्नले पछ्याउँदा घण्टी चौथो – Nepal Press

बारा २ मा उपेन्द्र यादवलाई हर्नले पछ्याउँदा घण्टी चौथो

काठमाडौं । बारा २ मा जसपाका उपेन्द्र यादवको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार एक हजार ८७२ मत ल्याएर यादवले लिड गरिरहेका छन् ।

उनलाई जनमतका शिवचन्द्र कुशवाहले एक हजार ६६१ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरुबीचको मतान्तर २११ मात्रै छ ।

यहाँ एमालेका पुरुषोत्तम पौडेल ७२९ मत ल्याएर तेस्रो छन् । चितवन २ र तनहुँ १ मा अग्रता बनाएको रास्वपाका रमेश खरेल भने यहाँ २६९ मतसहित चौथो स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर