रुससँगको सम्बन्धलाई उत्कृष्ट महत्व दिन्छौ : अध्यक्ष तिमिल्सिना – Nepal Press

रुससँगको सम्बन्धलाई उत्कृष्ट महत्व दिन्छौ : अध्यक्ष तिमिल्सिना

काठमाडौंं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले रुससँगको सम्बन्धलाई उत्कृष्ट महत्व दिदैँ आएको स्नष्ट पारेका छन् । रुसको औपचारिक भ्रमणमा नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गरेर रुस गएका अध्यक्ष तिमिल्सिनाले रुसी अन्तर्राष्ट्रिय सम्बन्ध संस्थानमा विद्यार्थीहरुलाई सम्बोधन गर्दै सो बताएका हुन् ।

हामी रुससँगको हाम्रो सम्बन्धलाई उत्कृष्ट तरिकाले महत्व दिन्छौं। विकासोन्मुख देशका रुपमा नेपालका लागि रुससँगको सम्बन्ध सुदृढ गर्ने ठूलो अवसर छ । उनले भने । अध्यक्ष तिमिल्सिनाले छिमेकी चीन र भारतले हालै रुससँग आफ्नो व्यापारको मात्रा बढाएका चर्चा गर्दै नेपाल र रुसका बिचको व्यापार र रुसबाट नेपाल आउने पर्यटकको संख्या बढाउने उपायहरु पनि खोज्ने आशा व्यक्त गरे ।

नेपाल र रुस दुई देशले कूटनीतिक सम्बन्ध स्थापना गर्ने ऐतिहासिक काम भएपछि दुई देशका बीच धेरै उच्च आदान–प्रदान भएको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले सोभियत संघले नेपाललाई अस्पताल, सडक, जलविद्युत आयोजना र कारखाना निर्माणमा सहयोग गरेकोमा धन्यवाद पनि दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर