गगनको टिप्पणी- प्रधानमन्त्रीलाई अर्को मिलेर मलाई हटाइदेलान् कि भन्ने डर छ – Nepal Press

गगनको टिप्पणी- प्रधानमन्त्रीलाई अर्को मिलेर मलाई हटाइदेलान् कि भन्ने डर छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अर्को मिलेर हटाइदेलान् कि भन्ने डर भएको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीलाई पद गुम्ला कि भन्ने डर भएको बताए ।

उनले भने, ‘अहिले म यसो नेताहरु हेर्छु पटकपटक प्रधानमन्त्री भइसकेको नेतालाई अर्को पटक प्रधानमन्त्री होला कि नहोला भन्ने डर छ । पटकपटक चुनाव जितेकोलाई अर्को पटक चुनाव नजित्ला कि भन्ने डर छ । अहिले भइरहेको प्रधानमन्त्रीलाई भोलि बिहान अर्को मिलेर मलाई हटाइ देलान् कि भन्ने डर छ ।’

जुनसुकै ठाउँमा पुगेको भएपनि मान्छेलाई त्यो भन्दा बढि पाउने इच्छा भइरहेको उनको बुझाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर