‘जारी’को ट्रेलर रिलिज (भिडिओ) – Nepal Press

‘जारी’को ट्रेलर रिलिज (भिडिओ)

काठमाडौं । आउँदो वैसाख १ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ । लिम्बु समुदायमा प्रचलनमा रहेको जारी प्रथामाथि बनेको यस फिल्ममा दयाहाङ राई, मिरुना नगर लगायत कलाकारको शीर्ष भूमिका रहेको छ । फिल्मको निर्देशन तथा लेखन उपेन्द्र सुब्बाले गरेका हुन् ।

फिल्ममा दयाहाङ र मिरुना पती पत्नीको भूमिका छन् । उनीहरुको सम्बन्धमा आउने दरार र मिरुनाको हात थाम्ने रोयदीप बीचको त्रिपक्षीय संघर्षलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलरले लिम्बु समुदायको संस्कार र संस्कृतिलाई पनि देखाउन खोजको छ ।

फिल्ममा दयाहाङ, मिरुना, रोयदीपको साथै विजय बराल लगायत कलाकार रहको छन् । फिल्मको निर्माता रामबाबु गुरुङ गरेका छन् । दयाहाङ र मिरुनाले ‘कबड्डी ४’ पछि यस फिल्ममा स्क्रिन सेयर गरेका छन् ।

भिडिओ

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *