धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु – Nepal Press

धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु

कैलाली । धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उक्त महोत्सवको उद्घाटन गरेका छन् ।

आयोजकका अनुसार महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउने कार्यक्रम रहेको थियो । महोत्सव चैत १३ गतेसम्म जारी रहनेछ ।

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारत, अमेरिका, भूटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ ।

महोत्सवमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने कार्यक्रम छ। साहित्यकार झमकलाई एक लाख ११ हजार रुपैयाँ राशिको बद्री-कृष्णा वाङ्मय पुरस्कार प्रदान गरिनेछ ।

महोत्सव सुदूरपश्चिम साहित्य समाजले आयोजना गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *