वीरको कार्यकारी निर्देशकमा डा‍. पौडेल नियुक्त – Nepal Press

वीरको कार्यकारी निर्देशकमा डा‍. पौडेल नियुक्त

काठमाडौं । स्वास्थ्यमन्त्री पदम गिरीले डा. सन्तोष पौडेललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका छन् ।

स्वास्थ्यमन्त्री गिरीले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबार डा. पौडेललाई वीर अस्पतालको कार्यकारी निर्देशक नियुक्त गरेका हुन् ।

वीर अस्पताल सुधारको लागि पौडेललाई नियुक्त गरिएको मन्त्री गिरीले बताए । डा. पौडेल यसअघि ट्रमा सेन्टरको सफल नेतृत्व गरेका थिए ।

डा. पौडेल अर्थोपेडिक सर्जन हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर