पाशुपत क्षेत्रमा साधुसन्तको चहलपहल सुरु (तस्बिरहरु) – Nepal Press

पाशुपत क्षेत्रमा साधुसन्तको चहलपहल सुरु (तस्बिरहरु)

काठमाडौं । महाशिवरात्रिमा पाशुपत क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनका लागि बजेट नै व्यवस्था गरिन्छ ।

पशुपतिनाथ दर्शनका लागि आउने साधुसन्तको स्तरअनुसार गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले दिने गर्छ । साधु सन्तलाई राममन्दिर, अन्नपूर्ण भण्डार, गोरखनाथ मन्दिरलगायत स्थानमा राख्ने तयारी छ । नागा बाबालाई भने पशुपतिनाथको मूल मन्दिरभित्र नै बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गरिन्छ । पशुपति क्षेत्र विकास कोषले पनि यसमा सहयोग गर्छ ।

संस्थानले साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँसीसम्म खाने, बस्ने र धुनी जगाउने व्यवस्था गर्ने परम्परा छ । औँसीका दिन दक्षिणासहित बिदा गरिन्छ ।

तस्बिरहरु 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर