केयू इन्जिनियरिङका विद्यार्थीको ‘संकल्प २२’ एक्स्पो : के-के छन् आकर्षण ? (भिडिओ ) – Nepal Press

केयू इन्जिनियरिङका विद्यार्थीको ‘संकल्प २२’ एक्स्पो : के-के छन् आकर्षण ? (भिडिओ )

काठमाडौं । काठमाडौं विश्वविद्यालयअन्तर्गत सिभिल इन्जिनियरिङका विद्यार्थीले ‘संकल्प २२’ नामक इन्जिनियरिङ एक्स्पो सञ्चालन गर्दैछन् ।

सिभिल इन्जिनियर क्लबको आयोजनामा फेब्रुअरी २२-२३ मा उक्त एक्स्पो सञ्चालन गर्न लागिएको हो । क्लबका अधक्ष्य सुलभ लाेहनीका अनुसार एक्स्पोलाई प्रि-इभेन्ट, विल्डङ इभेन्ट र आफ्टर इभेन्ट गरी तीन चरणमा बाँडिएको छ ।

कार्यक्रमको पहिलो चरण प्रि-इभेन्टअन्तर्गत लाइभ आर्ट कम्पिटिसन अलुमनाई मिट, म्युजिकल च्यालेन्ज, सिभिल हाजिरीजवाफ प्रतियोगिता पेपर ब्रिज कम्पिटिसन, फोटोग्राफी कम्पिटिसन, सबवेयर कम्पिटिसन, फोटो बुथ, टीकटक डान्स कम्पिटिसन र वकसपलगायतका कार्यक्रम समावेश गरिएको छ ।

यस्तैगरी कार्यक्रमको दोस्रो चरण अर्थात मेन इभेन्टको रुपमा उद्घाटन समारोह, टक सो, प्रोजेक्ट डेमोन्सट्रेसन फ्ल्यास मोब , ब्लड डोनेसन प्रोग्राम, करिअर फेयरलगायतका कार्यक्रम रहेका छन् । नेपालमा रहेको जलविद्युत आयोजनाको प्रचुर सम्भावनालाई मध्यनजर गर्दै यस वर्षको एक्स्पोको मुख्य आकर्षण ‘इलेक्ट्रिफिकेसन इन नेपाल’ नामक अन्तर्क्रिया कार्यक्रम रहने आयोजकको भनाई छ ।

कार्यक्रमको अन्तिम चरण अर्थात आफ्टर इभेन्टमा आयोजकले सामाजमा आधारित कार्यक्रम आयोजना गर्ने छन् । सन् २०१७ सालदेखि सञ्चालन हुँदै आएको यो एक्स्पो हालसम्म आइपुग्दा एक राष्ट्रियस्तरको कार्यक्रमको रूपमा परिचित हुन सफल भएको लाेहनीले दाबी गरे ।

यस एक्स्पोको मिडिया पार्टनरको रूपमा नेपाल ईप्रेस मिडिया प्रालिद्वारा सञ्चालित नेपाल प्रेस रहेको छ ।

विगतका वर्षहरूको आकर्षणलाई हेर्दा यसपटक १० देखि १२ हजारजनाले एक्स्पोको अवलोकन गर्ने आयोजकको अनुमान छ । साथै यस कार्यक्रमा कुनैपनि संघसंस्था निजी कम्पनी वा व्यवसायले आफ्नो उत्पादन वा प्रोडक्टलाई प्रदर्शनमा राख्न चाहेमा क्लबले स्वागत गर्ने समेत क्लबका अध्यक्ष लाेहनीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर