धनगढीमा फागुन १६ देखि सूचना प्रविधि प्रदर्शनी – Nepal Press

धनगढीमा फागुन १६ देखि सूचना प्रविधि प्रदर्शनी

कैलाली । कम्प्युटर एसोसिएसन नेपाल कैलालीले धनगढीमा सूचना प्रविधि प्रदर्शनी (क्यान इन्फोटेक २०२३) आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी फागुन १६ देखि २० गतेसम्म सूचना प्रविधि प्रदर्शनी हुने जानकारी गराइएको हो ।

पहिलो इन्फोटेक भएको सात वर्षपछि कैलालीमा दोस्रो संस्करणको आयोजना गर्न लागिएको हो ।

मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नवीनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साइबर सेक्युरिटीसम्बन्धी जानकारी दिइने कम्प्युटर एसोसियसन कैलालीका अध्यक्ष यज्ञराज ओझाले बताए ।

इन्फोटेक मेला मूल संयोजक नरेशसिंह धामीका अनुसार देश विदेशमा भित्रिएका नवीनतम प्रविधिको बारेमा मेलामा जानकारी दिइनेछ । त्यसैगरी सबै प्रकारका प्रविधिहरूको एउटै ठाउँमा प्रदर्शनी गरिनेछ ।

साथै प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर सेमिनार आयोजना गरिनेछ । मेलामा विद्यार्थीले उत्पादन गर्ने प्राविधिक सामग्रीको पनि प्रदर्शनी गरिनेछ । ५० स्टल रहने उक्त प्रदर्शनी प्रदेशका सबै जिल्लाबाट करिब १ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर