उपप्रधानमन्त्री नारायणकाजीले गरे त्रीशुलीमाथि जिपलाइन – Nepal Press

उपप्रधानमन्त्री नारायणकाजीले गरे त्रीशुलीमाथि जिपलाइन

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले त्रीशुली नदीमाथि जिपलाइन गरेका छन् । तारमा झुन्डिएर झर्ने साहसिक खेल जिपलाइन ‘रिभर फन जिपलाइन’मा पुगेर श्रेष्ठले जिपलाइन अनुभव लिएका हुन् ।

जिपलाइन गर्नु अगाडि डर लागेजस्तो भएपनि गरेपछि रोमान्चक भएको श्रेष्ठले प्रतिक्रिया दिए । आन्तरिक पर्यटनमा यस्ता गतिविधिले सहयोग गर्ने श्रेष्ठले बताए ।

रिभर फन बीच रिसोर्ट प्रालिले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको रिसोर्टसम्म पुग्ने गरी निर्माण गरको जिपलाइनमा श्रेष्ठले जिपलाइन गरेका हुन् ।

५५८ मिटर लामो जिपलाइनको अधिकांश भाग त्रिशुली नदीमाथि पर्ने रिभर फन बीच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शंकर अधिकारीले बताए । रिभर फनमा जिपलाइन खेल्न प्रतिव्यक्ति एक हजार र फोटो भिडियोको थप तिनसय लाग्ने कम्पनीले बताएको छ ।

मिनि जिपलाइन, पिङ, रोप कोर्षलगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको बताइएको छ । जिपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा ‘रिभर फन क्याफे’ रहेको छ ।

जिपललाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ७ करोड खर्च हुने अनुमान कम्पनीको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर