कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दा सुनवाइ आज – Nepal Press

कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दा सुनवाइ आज

काठमाडौं । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाइ हुने भएको छ ।

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद् सचिवालयविरुद्ध सो रिट निवेदन दिएपछि आज सुनवाइ हुन लागेको हो ।

सर्वोच्च अदालतकी न्यायाधीश सपनामल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् ।

न्यायाधीश मल्लको आदेशअनुसार अधिवक्ता पोखरेलेको रिट निवेदन दर्ता भएको हो । आज २५ माघमा पहिलो पेशी तोकिएको छ ।

यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर