पार्टीका सांसदलाई प्रधानमन्त्रीको निर्देशन- विश्वासको मतका लागि सबै दलका सांसदसँग कुरा गर्नुस् (भिडिओ) – Nepal Press

पार्टीका सांसदलाई प्रधानमन्त्रीको निर्देशन- विश्वासको मतका लागि सबै दलका सांसदसँग कुरा गर्नुस् (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई विश्वासको मत दिनको लागि सबै दलसँग कुरा गर्न पार्टी सांसदलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले भोलि विश्वासको मत लिने तयारी छ ।

संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक हितराज पाण्डेका अनुसार पार्टीसँग मात्रै नभएर सांसदहरूसँग पनि व्यक्तिगत कुरा गर्न निर्देशन दिएका हुन् ।

पाण्डेले भने, ‘उहाँले सबै दललाई विश्वासको मत लिन पहलका लागि आह्वान गर्नुभएको छ । र, सबै सांसदलाई अन्य दलका सांसदहरूसँग कुरा गर्नका निर्देशन गर्नुभएको छ ।’

नेकपा एकीकृत समाजवादी र कांग्रेससहित सबै दलहरुसँग पनि विश्वासको मत दिन आग्रह गरेको र सकारात्मक जवाफ आएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर