मूल्य घट्ने भन्दै व्यापारीले डिपोबाट पेट्रोलियम पदार्थ नउठाउँदा पम्पमा अभाव – Nepal Press

मूल्य घट्ने भन्दै व्यापारीले डिपोबाट पेट्रोलियम पदार्थ नउठाउँदा पम्पमा अभाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका दिए ।

प्रधानमन्त्रीको निर्देशनपछि मूल्य घट्छ कि भनेर पम्पहरूले शुक्रबार पेट्रोलियम पदार्थ लोड नगर्दा काठमाडौंका केही पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ ।

काठमाडौंको धेरै पेट्रोल पम्पले डिजेल र पेट्रोल छैन भनेर पम्पमा बोर्ड राखेको छन् । भने केही पम्पहरूले स्टक भएको पेट्रोल बिक्री गरिरहेका छन् ।

सोल्टीमोड र कालिमाटीको पेट्रोल पम्पमा पेट्रोल डिजेल छैन भनेर लेखिएको बोर्ड राखिएको छ ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्छ कि भनेर पम्पहरूले पेट्रोलियम पदार्थ नउठाउँदा कुनै कुनै ठाउँका पम्पमा डिजेल र पेट्रोल अभाव भएको बताए ।

उनले भने, ‘बिहीबार प्रधानमन्त्रीले निर्देशन दिएपछि शुक्रवार मूल्य घट्ने हो की भनेर विक्रेताले पेट्रोलियम पदार्थ उठाएनन् । हिजो शनिबार बिदा थियो । आज भने विक्रेताले थानकोट डिपोबाट पेट्रोलियम पदार्थ लोड गरिरहेका छन् । अहिले अभाव देखिएको केही पम्पहरूमा पनि केही बेरमा नै सहज हुने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *