निर्वाचनका लागि गठित कांग्रेस उपसमितिद्वारा प्रतिवेदन पेश – Nepal Press

निर्वाचनका लागि गठित कांग्रेस उपसमितिद्वारा प्रतिवेदन पेश

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि गठित विभिन्न उपसमितिहरूको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ।

केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठको संयोजकत्वमा बैठक बसेको हो।

बैठकमा गठित उपसमितिका संयोजकहरूले आ–आफ्नो समितिको प्रतिवेदन पेश गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार प्रतिवेदनहरूलाई आगामी बस्ने केन्द्रीय कार्यसमितिमा समितिका संयोजक श्रेष्ठले प्रस्तुत गर्नेछन्।

आजको बैठकमा जीपछिरिङ्ग लामा, आनन्दप्रसाद ढुंगाना, मीन विश्वकर्मा, गोविन्द भट्टराई, सरिता प्रसाईँ, रमा कोइराला पौडेल, चन्द्रबहादुर के.सी., मञ्जु खाँण, हरिशरण नेपाली, जानकी सिंह, कान्तिका सैंजुवाल, पूर्वकेन्द्रीय सदस्य किरण गिरी र अनुगमन तथा सुपरिवेक्षण उपसमितिका सहसंयोजक डा. कृष्णप्रसाद पौडेलले आ-आफ्नो धारणा राखेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर