कांग्रेस सुदूरपश्चिम संसदीय दलको निर्वाचन तालिका सार्वजनिक, मतदान समय ४ देखि ५ बजेसम्म – Nepal Press

कांग्रेस सुदूरपश्चिम संसदीय दलको निर्वाचन तालिका सार्वजनिक, मतदान समय ४ देखि ५ बजेसम्म

कैलाली । सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता छनोटका लागि निर्वाचन कार्य तालिका सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रदेश संसदीय दल नेताको नेता छनोट गर्न बनाइएको समितिले निर्वाचन कार्य तालिका सार्वजनिक गरेको हो ।

उक्त कार्य तालिका अनुसार आजै मनोनयन दर्ता गर्ने र सहमति नभए अझै निर्वाचन मार्फत दलको नेता छनोट गर्ने तयारी गरेको छ । कार्य तालिका अनुसार दिउसो १२ बजे सम्म मतदाता नामावली प्रकाशन गर्ने भएको छ । १२ः३० सम्म दाबी विरोध, १ बजे अन्तिम नामावली तयार गर्ने र २ः३० सम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।

३ः३० सम्म उम्मेदवारी फिर्ता र अन्तिम नामावली ३ः४५ मा गर्ने जनाइएको छ । निर्वाचन समितिले उम्मेदवारी दर्ता शुल्क २५ हजार निर्धारण गरेको छ । निर्वाचन तालिका अनुसार ४ बजे देखी ५ बजे सम्म मतदान र आजै परिणाम सार्वजनिक हुने छ ।

अहिले सम्म बैतडीबाट निर्वाचित शिवराज भट्ट, कञ्चनपुरबाट निर्वाचित बहादुर सिंह थापा र दिवान सिंह विष्ट अछामबाट निर्वाचित मेघराज खड्का र मानबहादुर रावल, कैलालीबाट निर्वाचित प्रकाश बहादुर देउवा र कमल बहादुर शाहले संसदीय दलको नेतामा दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर