प्रदेश १ कांग्रेस संसदीय दलमा सिटौलानिकटका उद्धव विजयी – Nepal Press

प्रदेश १ कांग्रेस संसदीय दलमा सिटौलानिकटका उद्धव विजयी

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा उद्वव थापा विजयी भएका छन् । उनले १८ मत प्राप्त गरे । पार्टीका प्रदेश कमिटी सभापतिसमेत रहेका थापा कृष्ण सिटौलानिकटका हुन् ।

थापासँगै भिडेका केदार कार्कीले ९ र अमृत अर्यालले २ मत प्राप्त गरे । प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।

अर्याल सभापति शेरबहादुर देउवानिकट र कार्की शेखर कोइरालानिकटका हुन् ।

पाँचदलीय गठबन्धन भत्किएसँगै एकाएक यहाँको संसदीय दलको समीकरण बदलिएको थियो ।

यसअघि यहाँ सिटौला पक्षमा खुलेका ९ सांसद थिए । पछिल्लो समयमा देउवाका विश्वास पात्र मानिने ज्ञानेन्द्रबहादुर कार्कीले उनलाई काँध थापेको कांग्रेसका एक नेताले बताए । यस्तै संस्थापन पक्षकै प्रभावशाली नेता तथा प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले पनि उनलाई साथ दिएका थिए ।


प्रतिक्रिया

One thought on “प्रदेश १ कांग्रेस संसदीय दलमा सिटौलानिकटका उद्धव विजयी

  1. संस्थापन भनेर देउवालाई भन्न छोडिदिउं । वागमतीमा धेरै पानी बगिसक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर