प्रदेश सांसद रहेका सबै केन्द्रीय सदस्य र जिल्ला सभापतिको समर्थन लामालाई – Nepal Press

प्रदेश सांसद रहेका सबै केन्द्रीय सदस्य र जिल्ला सभापतिको समर्थन लामालाई

हेटौँडा । बुधवार हेटौँडामा हुने नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा प्रदेशसभा सदस्य रहेका तीन जना केन्द्रीय सदस्य र दुई जना जिल्ला सभापति बहादुर लामाको पक्षमा खुलेका छन् ।

तीन जना केन्द्रीय सदस्यहरू रहेकोमा बहादुर स्वयम उम्मेदवार हुन भने उनको प्रस्तावकमा केन्द्रीय सदस्यहरू कुन्दनराज काफ्ले र समर्थकमा केन्द्रीय सदस्य उर्मिला नेपाल रहेका छन् ।

प्रदेशसभामा सदस्यमा विजयी भएका जिल्ला सभापतिहरूमा काभ्रेका तीर्थ बहादुर लामा र नुवाकोटका रमेश कुमार महत पनि लामाको समर्थक बनेका छन् । लामाको समर्थकमा सांसद रामकृष्ण चित्रकार पनि रहेका छन् ।

संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर