विश्वकप विजेता मेस्सी परिवारसँग मस्त, नयाँ वर्ष मनाएरमात्रै पीएसजी फर्कने – Nepal Press

विश्वकप विजेता मेस्सी परिवारसँग मस्त, नयाँ वर्ष मनाएरमात्रै पीएसजी फर्कने

काठमाडौं । कतारमा सम्पन्न विश्वकप फुटबलमा उपविजेता बनेको फ्रान्सका स्टार स्ट्राइकर तथा गोल्डेन बुट विजेता केलियन एमबाप्पे क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा फर्किसकेका छन् । विश्वकपपछि बुधबार सुरु हुने फ्रेन्च लिगमा पहिलो दिनमै पीएसजीले प्रतिस्पर्धा गर्दैछ ।

तर, पीएसजीका अर्का प्रभावशाली स्ट्राइकर लियोनल मेस्सी भने क्लब फर्किएका छैनन् । उनी परिवारसँग रमाइरहेका छन् । स्पेनिस अखबार मार्काका अनुसार पीएसजीले खेल्ने अबका कम्तीमा तीन खेल मेस्सीले खेल्नेछैनन् ।

मेस्सी नयाँ वर्ष परिवारसँग मनाएरमात्र पीएसजी फर्कने तयारीमा छन् । एमबाप्पेकै टोली फ्रान्सलाई फाइनलमा टाइब्रेकरमा हराएर मेस्सी नेतृत्वको अर्जेन्टिना विश्व विजेता बनेको थियो ।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जित्दा मेस्सीले पनि विश्व च्याम्पियन सपना पूरा गरेका थिए । प्रतियोगितामा उनी सर्वोत्कृष्ट खेलाडी पनि बन्न सफल भएका थिए ।

मार्काका अनुसार जनवरी ११ तारिखमा हुने पीएसजीको खेलदेखि मात्र मेस्सी टोलीमा मिसिने सम्भावना छ । त्यसअघि पीएसजीले जनवरी १ र ६ तारिखमा पनि खेल्नेछ ।

मेस्सीको हालसालैमात्र परिवारसँग क्रिसमस मनाएको तस्विर सार्वजनिक भएको थियो । मेस्सी पीएसजीसँगको सम्झौता एक वर्ष लम्ब्याउने तयारीमा छन् । उनको चालू सम्झौता सन् २०२३ मा सकिँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर