माओवादी प्रदेश १ संसदीय दलको नेतामा इन्द्र आङ्बो सर्वसम्मत – Nepal Press

माओवादी प्रदेश १ संसदीय दलको नेतामा इन्द्र आङ्बो सर्वसम्मत

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन् ।

आज बसेको माओवादी संसदीय दलको बैठकले आङ्बोलाई दलको नेता चयन गरेको हो ।

आङ्बो पाँचथर प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् ।

प्रदेश १ मा प्रत्यक्ष ९ र समानुपातिकर्फ ४ गरी माओवादीका १३ सांसद छन् ।

आङ्बो हाल प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री छन् । एमालेसँगको एकताअघि र नेकपा विभाजनपछि पनि आङ्बो माओवादीको दलका नेता थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर