कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, चुनाव र गठबन्धन भत्किएकोबारे समीक्षा हुने – Nepal Press

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, चुनाव र गठबन्धन भत्किएकोबारे समीक्षा हुने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक डाकेको छ । पुस २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक तय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचको समीक्षा, समसामयिक राजनीतिक सन्दर्भबारे छलफल हुने उनले बताए ।

कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धन एकाएक परिवर्तन भएर एमाले नेतृत्वमा सत्तासमीकरण बनेसँगै कांग्रेसमा अहिले आरोप-प्रत्यारोप चलिरहेको छ ।

गठबन्धन तोडिएसँगै पार्टीलाई भएको क्षति पनि बैठकमा समीक्षा हुने एक नेताले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर