गृहमन्त्री लामिछानेको नागरिकता छानबिन माग गर्ने नेविसंघका नेता शीतल निवास अगाडिबाट पक्राउ – Nepal Press

गृहमन्त्री लामिछानेको नागरिकता छानबिन माग गर्ने नेविसंघका नेता शीतल निवास अगाडिबाट पक्राउ

काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका तीनजना नेता पक्राउ परेका छन् ।

शीतल निवासमा गृहमन्त्री लामिछानेको शपथग्रहण चलिरहेका बेला उनीहरूले प्रदर्शन गरेका थिए ।

पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्टसहित ३ जना रहेको प्रहरीले जनाएको छ ।

लामिछानेले विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता नलिई उम्मेदवार बनेको भन्दै मुद्दा चलिरहेको छ । प्रदर्शनस्थलबाट नेविसंघका भुवन भट्ट , विक्रम आदित्य गिरी, मनिष रायमाझी पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।

प्रतिक्रिया

One thought on “गृहमन्त्री लामिछानेको नागरिकता छानबिन माग गर्ने नेविसंघका नेता शीतल निवास अगाडिबाट पक्राउ

  1. दलालका चेलाहरूलाई जेलमा लगेर जाकिदेउ न । अदालतले हेरिरहेको विषयमा गुण्डाहरूलाई बोल्ने अधिकार हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर