मधेश प्रदेशका सांसदहरुको शपथ पुस १५ मा हुने – Nepal Press

मधेश प्रदेशका सांसदहरुको शपथ पुस १५ मा हुने

जनकपुरधाम । मधेश प्रदेशका सांसदहरुको शपथग्रहण पुस १५ गते गर्ने सहमति जुटेको छ । प्रदेशसभा सचिवालयले आज डाकेको सर्वदलीय बैठकले साँसदहरुको शपथग्रहणको मिति टुंगो लगाएको हो ।

बैठकमा सहभागी जनमत पार्टीका सचिव तथा साँसद सञ्जय यादवले साँसदहरुको शपथ पुस १५ गते शुक्रबार दिउँसो २ बजे गराउने निर्णय भएको बताए । सांसदरुले शपथग्रहण मातृभाषामा पनि लिन पाउने सहमती भएको उनको भनाई छ ।

सांसदहरुको शपथग्रहण ज्येष्ठ सदस्यको हिसावले ७१ वर्षीय गोबिन्द न्योपानेले गराउने छन् । तर उनी बिरामी परेकाले उपस्थित हुन नसकेको अवस्थामा ७० वर्षीय साँसद शारदा शंकर प्रसाद कलवारले गराउने पनि बैठकमा सहमति भएको छ ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा १० दल पुगेको छ । ति सबै दलका प्रतिनिधि आजको सर्वदलीय बैठकमा सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर