गुरूराज घिमिरेले भने- देउवाले नैतिकताको आधारमा राजीनामा दिउँन्, नत्र विशेष महाधिवेशन बोलाइनेछ – Nepal Press

गुरूराज घिमिरेले भने- देउवाले नैतिकताको आधारमा राजीनामा दिउँन्, नत्र विशेष महाधिवेशन बोलाइनेछ

गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई दुवै पदबाट राजीनामा दिन सुझाव दिएका छन् ।

एमाले-माओवादी नेतृत्वको नयाँ समीकरण बनेसँगै नेता घिमिरेले ट्वीटमार्फत देउवालाई नैतिकताको आधारमा तत्काल राजीनामा दिन भनेका हुन् । उनले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाउने पनि उल्लेख गरेका छन् ।

गठबन्धन गलत भन्दाभन्दै किन गरियो ? भन्ने प्रश्न गर्दै घिमिरेले लेखेका छन्, ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ। राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर