गगनले भने- मैले समाचार पढेर चित्त बुझाएँ (भिडिओ) – Nepal Press

गगनले भने- मैले समाचार पढेर चित्त बुझाएँ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले समाचार पढेर चित्त बुझाएको बताएका छन् । उनले पोखराको लिटरेचर फेस्टिबलमा बोल्दै आफूलाई संसदीय दलको चुनावमा पराजित भएपनि आजको समाचारले चित्त बुझेको टिप्पणी गरे ।

‘म आज पोखरा आइसकेपछि समाचार पढेर चित्त बुझाएँ’, उनले भने, ‘मै अब दलको नेता भएको भए खुमलटारबाट बालकोट आओ भन्दै गर्दा आउनुहुन्छ कि आउनुहुन्न भनेर आत्तिएर बस्नुभन्दा कम्तीमा ढुक्कले पठाए । यो काठमाडौंको मान्छेले चित्त बुझाउने काइदा हो । यसरी पनि चित्त बुझाउनपर्छ कहिलेकाहीँ ।’

https://youtu.be/TL7lCyfvH8A

आज नाटकीय ढंगले तत्कालीन सत्तारुढ गठबन्धनबीचको तालमेल टुटेपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत ७ दलको समर्थनमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर