प्रदेश १ : सरकार गठनका लागि एमालेले थाल्यो संवाद, हिक्मतको संयोजकत्वमा वार्ता टोली (भिडिओ) – Nepal Press

प्रदेश १ : सरकार गठनका लागि एमालेले थाल्यो संवाद, हिक्मतको संयोजकत्वमा वार्ता टोली (भिडिओ)

विराटनगर । प्रदेश १ सरकार गठनका लागि लागि अन्य दलसँग सम्वाद गर्न एमालेले संसदीय दलका नेता हिक्मत कार्कीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले तीलकुमार मेन्याङ्बो, रेवतीरमण भण्डारी, सिर्जना राई र लीलाबल्लभ घिमिरे सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।

बैठकले सो समितिलाई सत्ता समीकरणका लागि अन्य दलसँग सम्वाद अघि बढाउन म्याण्डेट दिएको सदस्य भण्डारीले जानकारी दिए ।

प्रदेश १ मा ९३ प्रदेशसभा सदस्यहरू छन् । सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक हुन्छ ।

प्रदेशसभामा नेकपा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी जम्मा ४० सीट प्राप्त गरेको छ । एमालेसँगै तालमेल गरेको राप्रपाले प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ ४ गरी जम्मा ६ सीट प्राप्त गरेको छ । एमाले र राप्रपा मिल्दा जम्मा ४६ सांसद मात्र हुन्छन् । नयाँ समीकरणमा थपिएको माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी जम्मा १३ सीट पाएको छ । यहाँ १ सीट जसपाको छ ।

४७ सांसदको समर्थन आवश्यक पर्ने यो प्रदेशमा एमाले, माओवादी, राप्रपा र जसपा मिल्दा ६० पुग्छ । यी चार दलले प्रदेश १ मा सहज सरकार बनाउने देखिन्छ ।

अर्कोतिर नेपाली कांग्रेसको प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी जम्मा २९ सीट तथा नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ गरी जम्मा ४ सीट पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर