कांग्रेस सांसदहरुलाई बालुवाटार बोलाइयो, खाली कागजमा हस्ताक्षर गराइँदै – Nepal Press

कांग्रेस सांसदहरुलाई बालुवाटार बोलाइयो, खाली कागजमा हस्ताक्षर गराइँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मध्यान्ह १२:३० बजे कांग्रेस सांसदहरुको भेला प्रधानमत्री निवासमा हुँदैछ ।

दलको निर्वाचनपछि कांग्रेस सांसदहरुको पहिलो भेला हुन लागेको हो । महामन्त्री गगन थापालाई पराजित गर्दै देउवा दलको नेता निर्वाचित भएका थिए । सरकार गठनमा गठबन्धनभित्र सहमति जुटाउन सकस भइरहेका बेला देउवाले सांसदहरुलाई बोलाएका हुन् ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि वहुमत जुटाउन सांसदहरुको हस्ताक्षर समेत गराइरहेको छ । केही सांसदले खाली कागजमा सही गरेका छन् भने बाँकीलाई हस्ताक्षर गराउन बालुवाटार बोलाइएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर