ओलीको विश्वकप फाइनल अनुभवः जोशमा दुईपटक उठेँ (भिडिओ) – Nepal Press

ओलीको विश्वकप फाइनल अनुभवः जोशमा दुईपटक उठेँ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खेलकुदका विभिन्न विधाहरुमा रुची राख्छन् । उनी फुटबलका पनि पारखी हुन् । दुनियाँका एक अर्बभन्दा बढी मान्छेले एकसाथ हेरेको विश्वकप फुटबल फाइनल ओलीले नेहेर्ने कुरै भएन ।

फाइनलमा उनले अर्जेन्टिनालाई समर्थन गरेका थिए । पोखरामा आयोजित लिट्रेचर फेस्टिबलमा उपस्थित भएका ओलीले अखण्ड भण्डारीसँगको कुराकानीमा विश्वकप फाइनल हेर्दाको अनुभव सुनाए ।

ओलीले भने, ‘फाइनल त अति नै रोमाञ्चक थियो । म अर्जेन्टिनाको पक्षमा थिएँ, तर तटस्थ भावका साथ ।’ उनले आफू विगतमा फुटबल खेल्ने गरेको र फुटबलका सबै नियमहरु थाहा भएको बताए । यसपटकको फाइनल हेर्दा आफू पनि जोशमा आएको उनको भनाइ छ ।

‘युवा उमेरमा मान्छे छिटो उठ्न सक्छ । यसपटकको फाइनलमा म पनि एक–दुईपल्ट उठेँ,’ ओलीले सुनाए । उनी थप्छन्, ‘हुन त म उठेको रंगशालामा देखिने होइन । खेलाडीले पनि देख्ने होइनन् । त्यसैले म उठ्नु र नउठ्नुमा दुनियाँलाई कुनै सरोकार हुँदैन । तर, खेलसँग बगेपछि सेन्टिमेन्ट यस्तो हुँदोरहेछ कि आफैं उठिन्छ ।’ उनले राति भएकाले विश्वकप फाइनल हेर्दा आनन्द मिलेको अनुभव सुनाए ।

https://youtu.be/d_bNW2s3snE


प्रतिक्रिया

One thought on “ओलीको विश्वकप फाइनल अनुभवः जोशमा दुईपटक उठेँ (भिडिओ)

  1. सरि अरु हरेक पटक साथ दिईयाे तर यश फुटवलमा सकिन ठुला वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर