गुटको बैठकअघि शेखर-गगनबीच छुट्टै भेट, सहमहामन्त्री परियार भन्छन्- दुवैले उम्मेदवारी दिए दुर्भाग्य – Nepal Press

गुटको बैठकअघि शेखर-गगनबीच छुट्टै भेट, सहमहामन्त्री परियार भन्छन्- दुवैले उम्मेदवारी दिए दुर्भाग्य

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक बस्नुअघि आज सो समूहबाट प्रधानमन्त्रीका दुई आकाङ्क्षीहरू शेखर कोइराला र गगन थापाबीच भेटघाट भएको छ । पार्टीका सहमहामन्त्री जीवन परियारले नेताद्वयबीच छुट्टै भेट भएको पत्रकारहरूलाई बताए ।

शेखर समूहको बैठक हिजो काठमाडौंको एक होटलमा बसेको थियो । राति अबेरसम्म बसेको बैठकमा सो समूहका नेताहरूले दुईमध्ये एकजना ब्याक भएर गुट जोगाउन दबाब दिएका छन् । सहमहामन्त्री परियारले दुवै नेताहरू यस विषयमा सकारात्मक रहेको दाबी गरे ।

उनले भने, ‘१४ महाधिवेशनको टिमलाई १५ औँ महाधिवेशनमा एक ढिक्का राख्नुपर्छ भन्ने हामी सबैको मत हो । यसमा नेताद्वय पनि एकदमै गम्भीर देखिनुभएको छ ।’

आफ्नै समूहभित्र दुई नेताहरूले प्रतिस्पर्धा गर्ने स्थिति आयो भने त्यो कांग्रेसका निम्ति र मुलुकका निम्तिसमेत दुर्भाग्य हुने परियारको भनाइ छ । आजको बैठकबाट दुईमध्ये एकजनाको नाममा सहमतिमा पुगेर संसदीय दलको चुनावका लागि मनोनयन दर्ता गर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर