युनाइटेड छाडेपछि पूर्व क्लब रियाल मड्रिडमा प्रशिक्षण गर्न किन पुगे रोनाल्डो ? – Nepal Press

युनाइटेड छाडेपछि पूर्व क्लब रियाल मड्रिडमा प्रशिक्षण गर्न किन पुगे रोनाल्डो ?

काठमाडौं । पोर्चुगिच स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो म्यान्चेस्टर युनाइटेड छाडेसँगै पूर्व क्लब रियाल मड्रिडमा प्रशिक्षण गर्न थालेका छन् ।

युनाइटेडसँगको सम्झौता रद्द गरेसँगै क्लबबिहिन भएका रोनाल्डो विश्वकपपछि ‘फिटनेस ट्रेनिङ’ का लागि रियाल मड्रिडको ट्रेनिङ सेन्टर पुगेको बीबीसीले जनाएको छ ।

सउदी अरबियन क्लब अल–नासिरले मोटो रकममा उनलाई अनुबन्ध गर्न प्रस्ताव गरेपनि रोनाल्डोले त्यसलाई वास्ता गरेका छैनन् । यसअर्थमा उनको अरुनै विकल्प रहेको बुझिएको छ ।

यद्यपी रियाल मड्रिड फर्किने विकल्प नभएपनि रोनाल्डोले भाल्डेबेबासमा एक्लै प्रशिक्षण गरिरहेका छन् । विश्वकपमा पोर्चुगल बाहिरिएसँगै नयाँ क्लबको खोजीमा रहेका रोनाल्डोलाई रियाल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो प्रेजले नै सबै सेवा सुविधा प्रयोग गर्दै प्रशिक्षण गर्ने अनुमति दिएका हुन् ।

सन् २०१८ मा युभेन्टस जानुअघि रोनाल्डोले रियाल मड्रिडमा ९ वर्ष बिताएका थिए । उनी रियालमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका छन् । जुन अवधिमा उनले चार पटक च्याीम्पयन्स लिग र दुई पटक ला लिगा उपाधि जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर