बलिउड अभिनेता विवेक ओबरोय आज नेपाल आउँदै – Nepal Press

बलिउड अभिनेता विवेक ओबरोय आज नेपाल आउँदै

काठमाडौं । बलिउड अभिनेता विवेक ओबरोय आज नेपाल आउँदै छन् ।

परिवारसहित नेपाल आउन लागेका ओबरोय आज साँझ पौने ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्डिङ हुने तालिका रहेको छ ।

नेपाल रहँदा उनी सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपतिलगायतको भ्रमण गर्ने तालिका रहेको छ ।

उनी व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन् ।

यसअघि भिडिओ सन्देश जारी गर्दै उनले भनेका थिए, ‘नेपाल यस्तो देश हो, जससँग भारतको वर्षौँदेखि सुन्दर सम्बन्ध, एकता छ । हामी नेपाली र नेपाली हामीजस्तै छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर