दलका हिसाबले विभाजित भए पनि कानून बनाउने बेलामा एकजुट हुनुपर्छ : गगन थापा – Nepal Press

दलका हिसाबले विभाजित भए पनि कानून बनाउने बेलामा एकजुट हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलका हिसाबले विभाजित भएपनि कानून बनाउने बेलामा विभाजित हुन नहुने बताएका छन् ।

प्रेस काउन्सीलले आयाेजना गरेकाे कार्यक्रममा बोल्दै उनले भने, ‘संसदभित्र हामी कतिपय सन्दर्भमा राजनीतिक दलका हिसाबले विभाजित हुन्छौँ। तर, ऐन, नियम बनाउने क्रममा विभाजित हुनु हुँदैन। र हुँदैनौँ पनि ।’

उनले भने, ‘संशोधनमा हाल्नुपर्छ भनेर तयार नै गरेर ल्याएको हुन्छ, फरक फरक पार्टीको मान्छेले दर्ता गर्दै गर्दा कस्तो हो भन्नेकुरा थाहा भइ नै हाल्छ, कसलाई भेटेछ भन्नेकुरा थाहा भइहाल्छ । किनभने त्यो कपिपेस्ट गरेर ल्याएको हुन्छ। आउने सरकारको मान्छेले थाहा पाउँछ। उसले त्यसलाई गम्भीरतापूर्वक लिँदैन ।’


प्रतिक्रिया

One thought on “दलका हिसाबले विभाजित भए पनि कानून बनाउने बेलामा एकजुट हुनुपर्छ : गगन थापा

  1. यो कस्तो आदेश गगन जी को मनपरि अध्यादेश ल्याउने अनि अरूले समर्थन गरिदनु पर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर