विरोध बढेपछि सुनसरी कांग्रेसले मनोनीत गरेका सदस्य, विभाग प्रमुख र संयोजक हटायो – Nepal Press

विरोध बढेपछि सुनसरी कांग्रेसले मनोनीत गरेका सदस्य, विभाग प्रमुख र संयोजक हटायो

विराटनगर । नेपाली कांग्रेस सुनसरीले स्थानीय तहको निर्वाचनपछि मनोनयन गरेका जिल्ला सदस्य र विभिन्न विभाग विघटन गरेको छ । स्थानीय तहको निर्वाचनपछि नेपाली कांग्रेस सुनसरीले पार्टीमा योगदान नै नगरेकालाई समेत जिल्ला सदस्यमा मनोनीत गरेको भन्दै विरोध गरेको थियो ।

सोमबार जिल्ला सभापति केदार कोइरालाले विज्ञप्ति जारी गर्दै अधिवेशनपछि मनोनीत भएका सबै जिल्ला सदस्य, विभाग प्रमुख र संयोजक आजैबाट विघटन भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस सुनसरीले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन र परिमार्जित २०७५) परिच्छेद ३ को धारा १२ (५) (ख) २ र (७) (ज) ले दिइएको अधिकार बमोजिम क्रमशः मनोनीत जिल्ला सदस्य र विभाग प्रमुख वा संयोजक आजकै मितिबाट विघटन गरिएको छ ।’

नेपाली कांग्रेस सुनसरीका जिल्ला सचिव वीरेन्द्र साहले कति जनालाई जिल्ला सदस्य मनोनीत गरियो भन्ने आफूलाई थाहा नभएको बताए ।

उनले भने, ‘अध्यक्षले पनि मनोनयनको पत्र दिएको र आफूले पनि पत्र दिएकाले कति मनोनीत भए भन्ने यकिन छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर