नगर प्रमुखले पत्रकारलाई नियन्त्रणमा लिएर भिडिओ डिलिट गर्न लगाइन् – Nepal Press

नगर प्रमुखले पत्रकारलाई नियन्त्रणमा लिएर भिडिओ डिलिट गर्न लगाइन्

कैलाली । लम्की चुहा नगरपालिका प्रमुख सुशीला शाहीले पत्रकार खेम ढुङ्गानालाई नियन्त्रणमा लिएकी छन् ।

आफ्नो निजी निवास निर्माण गर्न नगरपालिकाका साधन प्रयोग गरिरहेको सम्बन्धी रिपोर्टिङ गरिरहेका बेला नगर प्रमुखले पत्रकार ढुङ्गानालाई केही घण्टा नियन्त्रणमा लिएकी हुन् ।

नगर प्रमुख शाहीले आफूलाई नजिकैको होटेलमा लगेर मोबाइल र आफूलाई नियन्त्रणमा दिएको र खिचेका भिडिओ डिलिट गर्न लगाएको आरोप ढुङ्गानाले लगाएका छन् । ढुङ्गाना न्युज २४ टेलिभिजन सुदूरपश्चिम ब्युरो कार्यालयमा कार्यरत छन् ।

प्रेस चौतारी प्रदेश सदस्य समेत रहेका ढुङ्गानालाई समाचार संकलन गरिरहेका बेला मेयर शाहीले गरेको व्यवहार प्रति प्रेस चौतारी कैलालीले भत्र्सना गरेको छ ।

सचिव जनक बिष्टले जारी गरेको विज्ञप्तिमा घटनाको छानबिन गरि दाेषीमाथि कारबाहीको माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर