समावेशीतालाई ध्यान दिएनाैं भने पार्टीलाई ठूलो घाटा हुन्छ: अर्जुननरसिहं केसी (भिडिओ) – Nepal Press

समावेशीतालाई ध्यान दिएनाैं भने पार्टीलाई ठूलो घाटा हुन्छ: अर्जुननरसिहं केसी (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिहं केसीले सबै परिस्थिति र समावेशीतालाई प्राथमिकतामा दिनुपर्ने बताएका छन् ।

समानुपातिकमा पठाउने नामहरुको टुंगो लगाउन बसेको कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले समावेशीताको विषयलाई प्राथमिकता दिनुपर्ने नेता केसीले बताएका हुन् ।

समावेशी संरचनामा ध्यान दिइएन भने विभिन्न समुदायमा पर्ने त्यसको असर र प्रभावबाट पार्टीलाई ठूलो घाटा  बैठकमा कुरा राखेकाे  उनले बताए । केसीले सबै परिस्थिति र समावेशी चरित्र लाई समावेश गर्ने नेपालको संविधानको धारा ८४ (२) मा राखिएको व्यवस्था अनुसार सूची पठाउन आग्रह गरेका छन् ।

उनले भने,‘कांग्रेसबाट समानुपातिक सांसदका लागि जुनजुन क्लस्टरको समुदायको एक एक नम्बर भनिएको छ । त्यसलाई परिवर्तन गर्न सकिने स्थिति निर्वाचन आयोगको निर्देशनबाट पनि हामी सक्दैनौं । तर १ नम्बर क्लस्टरहरुलाई प्रतिनिधित्व गर्दा पनि जस्तो देशभरिबाट दलितहरुलाई उम्मेदवार बनाउन सकेनौं । र मुस्लिमहरु पनि रहेन । यसकारण यो विषय समावेशी बनाउनु पर्छ । यसलाई पनि पुर्ण ढंगले अगाढि बढाउनुपर्छ ।’

पाँच दलीय गठबन्धन छ र स्वयम कांग्रेसकै प्रधानमन्त्रीको नेतृत्व हुँदा हुँदै पनि जनप्रिय मत र समानुपातिक मतमा हामी ७ प्रतिशत कमी आएको उल्लेख गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर