कमल थापाको पार्टीलाई समानुपातिकतर्फ कुन प्रदेशमा कति मत ? – Nepal Press

कमल थापाको पार्टीलाई समानुपातिकतर्फ कुन प्रदेशमा कति मत ?

काठमाडौं । कमल थापाको नयाँ पार्टी राप्रपा नेपालले प्रतिनिधिसभाको समानुपातिकतर्फ १२ हजार २६४ मत पाएको छ ।

राष्ट्रिय पार्टी बन्नबाट वञ्चित रहेको राप्रपा नेपालले प्रदेश सभातर्फ भने मत बढाएको देखिन्छ । उक्त पार्टीले प्रदेश नम्बर १ मा ३,३९१ मत पाएको छ ।

बागमती प्रदेश सभामा समानुपातिकतर्फ ५,६७५ मत प्राप्त गरेको छ । मधेश प्रदेशमा ६,५२२ मत ल्याएको छ ।

यस्तै गण्डकीमा ९०५ मत पाएको राप्रपा नेपालले लुम्बिनी प्रदेशमा भने ३,३४९ मत प्राप्त गरेको छ ।

यसै गरी कर्णाली प्रदेशमा ६०६ मत र सुदूरपश्चिम प्रदेशमा १,२३९ मत ल्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर