मकवानपुर–१ मा गठबन्धन, २ मा एमाले अगाडि – Nepal Press

मकवानपुर–१ मा गठबन्धन, २ मा एमाले अगाडि

हेटौँडा । मकवानपुरको दुईवटा प्रतिनिधिसभा क्षेत्र मध्य क्षेत्र नम्बर १ मा गठबन्धन तथा क्षेत्र नम्बर २ मा एमाले उम्मेदवारले अग्रता जारी राखेका छन् ।क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यय‘डिना’ले अग्रता जारी राखेकी छिन् ।

क्षेत्र नम्बर १ को १२ हजार ६ सय ४९ मत गणना हुँदा उपाध्ययले ६ हजार ५८ मत ल्याएर अग्रता बनाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेको सुर्य चिन्हबाट चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले ४ हजार १ सय ७४ मत ल्याउँदा तेश्रो स्थानमा रहेका राप्रपाका दिपकबहादुर सिंहले १ हजार १ सय ६९ मत ल्याएका छन् ।

क्षेत्र नम्बर २ तर्फ नेकपा एमालेका महेश बर्तौलाले लिड गरिरहेका छन् । क्षेत्र नंबर २ को ११ हजार ४ सय ७७ मत गणना हुँदा बर्तौलाले ४ हजार ८ सय ५४ मत सहित अग्रता कायम गर्दा उनका निकट्तम प्रतिस्पर्धी गठबन्धनका खतिवडाको ४ हजार ४ सय ४३ मत आएको छ भने तेश्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीको १ हजार १ सय ८७ मत आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *