काठमाडौं ४ मा साढे सात हजार मतान्तरले गगन थापा विजयी – Nepal Press

काठमाडौं ४ मा साढे सात हजार मतान्तरले गगन थापा विजयी

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले काठमाडौं-४ बाट विजयी बनेका छन् । एमालेका राजन भट्टराईमाथि हावी हुँदै थापाले सहज जित निकालेका हुन् ।

प्राप्त विवरण अनुसार थापाले २१ हजार ३०२ भोट ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५५ मत आएको छ । निर्वाचन आयोगले औपचारिक रुपमा मतगणनाको अन्तिम विवरण सार्वजनिक गरिसकेको छैन । जित निश्चित भएसँगै गगन मतगणनास्थलमा आएका छन् ।

अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराई नै हराउँदै गगन विजयी भएका थिए । यसपटक सत्तारुढ गठवन्धनको समर्थनका कारण उनको जित थप सहज बनेको हो । गगनले चुनाव जितेसँगै प्रधानमन्त्री पदमा दाबी गर्ने बताइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *