अर्कैले मत हालेको पाइएपछि विराटनगर ५ मा विवाद – Nepal Press

अर्कैले मत हालेको पाइएपछि विराटनगर ५ मा विवाद

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ५ मा रहेको श्री आधारभूत विद्यालयमा विवाद उत्पन्न भएको छ ।

मत हाल्न गएका व्यक्तिको नाममा अरु नै व्यक्तिले मतदान गरेको पाइएपछि मतदान स्थलमा विवाद उत्पन्न भएको हो ।

विवाद उत्पन्न भएपछि मतदान स्थगित भएको छ । अहिले सो क्षेत्रमा ठूलो सङ्ख्यमा प्रहरी परिचालन गरिएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *